देश/प्रदेश

कैलालीमा छोरीलाई विष खुवाएर बुबाले गरे आत्महत्या

Banner

कैलाली, असोज ६

कैलालीमा एक पुरुषले छोरीलाई विष खुवाएर आफूले पनि आत्महत्या गरेका छन् ।

गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले ३ वर्षीया छोरी अनुष्कालाई सल्पास नामक बिषादी खुवाएर आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए ।

गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेकी थिइन् । श्रीमतीले आत्महत्या गरेपछि रामबहादुरविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा हालेका थिए । सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पूर्पक्षका थुनामा पठाएको थियो । साउन २२ गतेको अदालतको इजलासले निर्दोष ठहर गरेपछि कलेल छुटेका थिए । छुटेको झण्डै डेढ महिनापछि उनले छोरीसहित आत्माहत्या गरेका हुन् । यसबारेमा प्रहरीले अनुसन्धान सुरु गरेको डीएसपी बस्नेतले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>