नवलपुर

नवलपुरमा कांग्रेसको जागरण अभियान भोलि समापन हुँदै

Banner

नवलपुर , असोज ६-

नेपाली कांग्रेस नवलपुरले दोस्रो चरणको जागरण अभियान भोलि मंगलबार समापन गर्ने भएको छ ।

नवलपुरको कावासोतीमा आज पत्रकार सम्मेलन गर्दै भदौँ २४ गते बाट सुरु गरिएको अयियानको असोज ७ गते मंगलबार कावासोती फलफूल चोकमा वृहत् कार्यक्रम गर्ने कांग्रेसले जनाएको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रमको बारे जानकारी दिँदै नेपाली कांग्रेस नवलपुरले केन्द्रबाट परिपत्र भए बमोजिमको कार्यक्रम आयोजना गर्ने जनाएको हो । कावासोतीको फलफूल चोकमा कांग्रेसका केन्द्रीय नेताहरुको उपस्थितिमा जागरण अभियानको समापन गर्ने जनाइएको छ ।
यस्तै कार्यक्रमको जानकारी गराउँदै काग्रेसले जागरण अभियान समापनसँगै सरकारले गरेका बेतिथि र सरकारले हालसम्म गरेका काम समीक्षा गरी जनतालाई सुसूचित समेत गर्ने र विरोधका कार्यक्रमहरु पनि आयोजना गर्ने जनाएको छ ।

यस्तै पत्रकार सम्मेलमा क्षेत्र नम्बर ‘ख’ का केन्द्रीय प्रतिनिधि रघुनाथ पौडेलले कांग्रेस भित्र गुटउपगुटका कारण भोगिरहेको परिणाम सुधार गर्न, पार्टीभित्र देखिएका कमिकमजोरीहरु सच्याउन र अन्तरघातको विषयमा देखिएको कमजोरीलाई पनि सच्याउन जागरण अभियान सञ्चालन गरेको र यसको समापन पनि भव्यताका साथ गरिने बताए । जागरण अभियानको समापन कार्यक्रममा पश्चिम त्रिवेणीदेखि पूर्वमा गैँडाकोटसम्मका कार्यकता तथा पार्टी शुभेच्छुक गरी करिब १५ हजार बढीको सहभागिता गराउने गरी गृहकार्य गरिरहेको कांग्रेस नवलपुरका सभापति विष्णु लामिछानेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>