खेलकुद

कालिका फुटसलको उपाधि पुरानो मेडिकल कलेजलाई

Banner

चितवन, असोज ५

कालिका मिडियाको १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित शिक्षक तथा प्राध्यापकबीचको फुटसल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन पुरानो मेडिकल कलेज भरतपुरले कब्जा गरेको छ ।

क्षेत्रपुर स्थित चितवन इन्डोर स्कोर एण्ड फनपार्कमा भएको फाइनलमा पुरानो मेडिकलले लिटल स्टार स्कुल भरतपुरलाई ५–३ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । सुरुवाति अग्रता लिए पनि लिटिलस्टार दोस्रो हाफमा लगातार गोल खान पुग्यो । पहिलो हाफमा लिटिल स्टार र पुरानो मेडिकल कलेज १–१ को गोलमा खेलिरहेका थिए । दोस्रो हाफमा पुरानो मेडिकल कलेज लयमा फर्किदै लगातार चार गोल गर्न सफल रह्यो । अन्तिम समयसम्म संघर्ष गरेको लिटिल स्टार दुई गोल गर्न सफल भयो । यससँगै बिजेता पुरानो मेडिकलले नगद ३० हजार रुपैयाँ र सिल्ड प्राप्त गर्न सफल भएको छ भने उपविजेता बनेको लिटल स्टार स्कुलले नगद २० हजार रुपैयाँ र शिल्ड प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा सनाराइस इङ्लिस बोर्डिङ स्कुलले तेस्रो स्थान हात पारेको छ । आज आइतबार तेस्रो स्थानका लागि भएको खेलमा बर्चुली माविलाई ५–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सनराइज तेस्रो भएको हो । तेस्रो स्थान ओगटेको सनराइजले १० हजार रुपैयाँसहित सिल्ड जित्न सफल भएको छ । यसअघि आइतबार भएको पहिलो सेमिफाइनल खेलमा पुरानो मेडिकल कलेजले सनराइजलाई २–१ ले पछि पार्दै फाइनल यात्रा तय गरेको थियो भने दोस्रो सेमिफाइनलमा लिटल स्टारले बरचुली मावि विरुद्ध ४–३ को जित निकाल्दै फाइनल प्रवेश गरेको थियो । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा कुल ४४ समूहबीच प्रतिस्पर्धा भएको छ ।  कार्यक्रमको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज नारायणगढ रहेको छ भने प्रायोजकहरुमा सेन्ट्रल कलेज नारायणगढ र सगरमाथा टेलरिङ एण्ड सर्टिङ सुटिङ नारायणगढ रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>