खेलकुद

खैरहनीमा ६५ औ जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता

Banner

चितवन, असोज ५ –

प्रथम नगरस्तरिय तथा ६५औ जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । चितवन जिल्ला तेक्वान्दोको समन्वय र नमुना तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिता खैरहनी वडा नम्बर स्थित ज्यामिरेमा तेक्वान्दो हलमा भएको थियो ।

प्रतियोगितामा चितवन जिल्ला भरी गरी ४० वटा डोजाङबाट २१४ जना तेक्वान्दो खेलाडीहरुको सहभागी रहेको थिए ।
प्रथम भएको प्रेमबस्ती डोजाङ टिमले तीन स्वर्ण पदक,दोस्रो भएको माधावपुर डोजाङ टिमले दुई स्वर्ण पदक,तेस्रो भएको सरिता सौराहा डोजाङ टिमले एक स्वर्ण पदक हासिल गर्न सफल भएका छन् ।

नयाँ प्रतिभालाई अवसर दिने भन्दै नमुना तेक्वान्दो डोजाङले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई टिम स्पर्धामा समावेश गरिएको थियो । सिनियरतर्फ ४४ केजीमुनि तौल समूहबाट स्वर्ण जितेका माधावपुर डोजाङका स्पर्श श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । महिलातर्फ प्रेमबस्ती डोजाङको सोनिया नेपाली उत्कृष्ट बनेकी छिन् । उनी २० केजीमुनि तौलकी स्वर्ण विजेता हुन् ।

जुनियरतर्फ पुरुषमा माधावपुर डोजाङकै श्रेष्ठ र महिलामा नेपालीले उत्कृष्ट खेलाडीमा उपाधी हासिल गरे । माधावपुर डोजाङ टिमका मनुषा वाईवा र कृषा लामाले कांस्य पदक जिते । ४० केजीमुनि तौलमा माधावपुर डोजाङका सन्देश राईले स्वर्ण पदक जितेका हुन् । तेस्रो हुन सफल सरिता सौराहा डोजाङ टिमले एक स्वर्ण र दुई कांस्य हासिल गरेका हुन् ।
प्रतियोगितामा चितवन तेक्वान्दो संघका अध्यक्ष पुष्प जोशी, नमुना तेक्वान्दो डोजाङको अध्यक्ष नमुना खनिया, खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणीको चौधरी प्रमुख आतिथ्या साथै खैरहनी नगरपालिकाका नगर उपप्रमुख सुनिता खरेल थपलियाको विशेष उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>