अन्तर्राष्ट्रिय

पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा, साउदी राजासँग भेटवार्ता

Banner

न्यूयोर्क, असोज ५-

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुगेका छन् ।

उनले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसकेको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् ।
प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”मा शनिबार न्यूयोर्क आएका हुन् ।

न्यूयोर्क पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरुसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताए । प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उनले जानकारी दिए । न्यूयोर्क आउनुअघि उनी साउदी अरब गएका थिए ।

साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट उहाँ साउदी युवराजको विमानबाट न्यूयोर्क आएका हुन् । दुवै मुस्लिम राष्ट्रका युवराज र प्रधानमन्त्रीले काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल गरेको अधिकारीहरुले जनाएका छन् । उनीहरुले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताएका छन्। खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस÷एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>