चितवन विशेष

काँग्रेसको दोस्रो चरणको जागरण अभियानः नेता कार्यकर्ता सुदृढ हुनुपर्नेमा जोड

Banner

चितवन, असोज ४–

नेपाली काँग्रेसलाई बलियो बनाउनका लागि नेतादेखी कार्यकर्ता आफैमा सुदृढ हुन आवश्यक रहेको काँग्रेस नेताहरुले बताएका छन् ।

नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियान अन्तर्गत आज (शनिबार) जिल्लाका विभिन्न क्षेत्रमा आयोजना गरिएका कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले पार्टीको केन्द्रले मात्रै समग्र पार्टीलाई बलियो बनाउन नसक्ने भन्दै तल्लोस्तरमा बलियो बनाउन जिल्ला तह नै सक्रिय हुनुपर्ने बताएका छन् । चितवन क्षेत्र नम्वर २ प्रदेश २ “क” को आयोजनमा आयोजित कार्यक्रममा केन्द्रीय प्रतिनिधिले पार्टीलाई बलियो बनाउन केन्द्रले अभियान सुरु गरेको भए पनि तल्लो तहमा आम काँग्रेस बलियो बनाउन आवश्यक रहेको बताएका छन् । काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार पार्टीलाई बलियो बनाउनका लागि कार्यकर्ताहरु बीचको एकता आवश्यक रहेको उनीहरुको भनाई थियो ।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि गणेश चक्रधर, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, सचिव जोशीलगायतको उपस्थिति रहेको थियो । सो अवसमार नेकपा परित्याग गरी ५० भन्दा बढी जना काँग्रेसमा प्रवेश गरेका छन् । सो अवसरमा नेकपा परित्याग गरी मधु अधिकारी, कृष्प्रसाद बराल, पुष्पराज बास्तोला, विजय दाहाल, मिना श्रेष्ठलगायत काँग्रेसमा प्रवेश गरेका छन् ।

यसैबीच नेपाली काँग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत तरुण भेला तथा अन्तक्रिया शनिबार रत्ननगरमा सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि तथा पूर्व नेपाल बार एशोसियसनका अध्यक्ष प्रेमबहादुर खड्काले नेपाली काँग्रेसको मेहनतले संविधान ल्याएको भन्दै यसलाई जोगाइराख्न कार्यकर्ताहरु जुट्नु पर्ने बेला आएको बताए । लोकतान्त्रिक व्यवस्था बचाउन तरुणको भूमिका अपरिहर्य भएको बताउदै उनले स्वतन्त्रताको रक्षाका लागि अब हातेमालो गर्दै अगाडि बड्न सुझाब दिए ।

कम्युनिष्टको एकतन्त्रीयराज चल्यो भने यसरी खुलेर बोल्न समेत नपाईने भन्दै, अधिनायकबादलाई परास्त गर्दै अगाडि बढ्नुको विकल्प नभएको प्रष्ट पारे । यो सरकार बहुमतको सरकार नभएको भन्दै उनले देशभरमा कम्युनिष्टको ४७ प्रतिशत मत भएको, काँग्रेसको समानुपातिक ३५ प्रतिशत र प्रत्यक्षमा ३२ प्रतिशत भएको र १० प्रतिशत बढाउन सके नेपाली काँग्रेसकै बहुमत रहने भन्दै बढाउन तर्फ लाग्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सदस्य तथा नेपाल तरुण दल चितवनका तरुण दल विभाग प्रमुख प्रलाद सापकोटाले काँग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन तरुण युवाहरुलाई अवसर दिएर काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । यसैगरी काँग्रेस महाधिवेशन प्रतिनिधि राजेन्द्र प्रसाद बुर्लाकोटीले पार्टी चलायमान बनाउन तथा हरेक क्रान्तिमा तरुणको भूमिका भएको भन्दै देशमा भएको परिवर्तनमा युवाको देन बिर्सन नहुने बताए ।

पूर्व राज्य मन्त्री तथा महाधिवेशन प्रतिनिधि साबित्री बोगटीले तरुण शरीरको मुटु भएको भन्दै तरुण बेगर राजनीतिक पार्टीको परिकल्पना बेकार हुने बताए । तरुणहरुसंग नैतिक साहस, आत्मविश्वास हुने बताउँदै उनले तरुण परिचालन गर्नू भनेको भविश्यप्रति आशावादी हुने बताए ।

यसैगरी जागरण अभियानका जिल्ला प्रतिनिधि तथा जिल्ला सचिब राजिब न्यौपानेले तरुणको उल्लेख्य साथ र सहयोगले ३३ वटै प्रदेश निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जोगाउने विषय सहज हुने बताए ।

कार्यक्रममा पूर्वमन्त्री सावित्री बोगटी पाठक, जिल्ला सदस्यहरु हरिहर सुवेदी, कमला श्रेष्ठ, दिवाकर अर्याल, रत्ननगर नगर सभापति रुपनराज घिमिरे, तरुण दल क्षेत्रीय सभापति बुद्धिमान गुरुङ, दरुण दल जिल्ला सहसंयोजक दीपक पौडेल, तरुण दल नगर सभापति राजु तामाङ, पार्टीका क्षेत्रीय सचिव दण्डपाणी लामिछानेलगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>