चितवन विशेष

इक्यान चितवनमा हिम्मत पुरीको नेतृत्व

Banner

चितवन, असोज ४–

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चितवनको अध्यक्षमा हिम्मत पुरी निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न इक्यान चितवनको आठौं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट पुरी १७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पुरीले ३२ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी एकराज डल्लाकोटीले १५ मत प्राप्त गरे । निर्वाचित अध्यक्ष पुरी भरतपुर–१० मा रहेको अल्माइटी इन्टरनेशनल एजुकेशन सर्भिसका संचालक हुन् ।

निर्वाचनमा दुई प्यानलबीच प्रतिस्पर्धा भएको थियो । समितिको महत्वपूर्ण पदहरुमा भने डल्लाकोटी प्यानलका उम्मेद्वारहरु विजयी भएका छन् ।

डल्लाकोटी प्यानलका समुन्द्र अर्याल उपाध्यक्षमा बाजी मारेका छन् । अर्यालले पुरी प्यानलका रविन केसीलाई एक मतको झिनो अन्तरले पराजित गरे । अर्यालले मत प्राप्त गरे भने केसीले २३ मत प्राप्त गरे । यस्तै डल्लाकोटी प्यानलका हेमराज सिग्देल पिन एक मतको झिनो अन्तरले सचिवमा निर्वाचित भएका छन् । उनले २४ मत प्राप्त गरे भने पुरी प्यानलका निकटम प्रतिद्धन्द्धी सुदिप भट्टराईले २३ मत प्राप्त गरे ।

कोषाध्यक्षमा पनि डल्लाकोटी प्यानलकै दीपकचन्द्र भट्टराई निर्वाचित भए । उनले पुरी प्यानलका कृष्ण कँडेललाई १० मतको अन्तरले पराजित गरे । भट्टराईले २८ मत ल्याउँदा कँडेलले १८ मत प्राप्त गरे ।

यस्तै समितिको सदस्यहरुमा भने दुबै प्यानलका दुई/दुई जना निर्वाचित भएका छन् । सदस्यमा डल्लाकोटी प्यानलका किशोर सुवेदी (२७) र भविन्द्र गुरुङ (२५), पुरी प्यानलका आशिष दवाडी (२५) र प्रभाष क्षेत्री (२४) मतका साथ निर्वाचित भएका छन् ।
इक्यान चितवनका अध्यक्ष भानुभक्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डे प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा इक्यान केन्द्रीय वरिष्ठ उपाध्यक्ष उपाध्यक्ष महेशबाबु तिमल्सिना, प्रथम उपाध्यक्ष राजेन्द्र रिजाल, द्वितीय उपाध्यक्ष देवीदास भट्टराई, महासचिव शेषराज भट्टराई, सचिव दीपकराज भुसाललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>