खेलकुद

प्रथम मध्यबिन्दु कप असोज १२ देखि सुरु हुने

Banner

गंगा विश्वकर्मा

नवलपुर, असोज ४-

प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता–२०७६ असोज १२ गतेदेखि हुने भएको छ ।

आज पत्रकार सम्मेलन गरी असोज १२ गते अर्थात् घटस्थापनाको दिनबाट मध्यबिन्दु–७ चोरमारामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको हो । मध्यबिन्दु नगगरपालिका वडा नं ७ मा रहेको खेलमैदानलाई नवजागरण नमुना मावि चोरमारा रंगशाला नामाकरण गरी प्रथम मध्यबिन्दु कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको नवजागरण नमुना मावि खेलकुद मैदान स्तरोन्नति समितिका अध्यक्ष श्याम पौडेलले बताए ।

यस वर्षबाट सुरु गरिएको मध्यबिन्दु कप प्रत्येक वर्षको घटस्थापनाको दिनबाट निरन्तर सञ्चालन गरिने अध्यक्ष पौडेलको भनाइ छ । बिगत ४० वर्षदेखि जिल्लास्तरीय खेलकुद र स्थानीयस्तरको खेलकुद सञ्चालन भएता पनि यसको संरक्षण विकास र स्तरोन्नतिमा अहिले सक्रियताका साथ युवाहरु जुटेको पौडेलले बताए । नवजागरण माविले विसं २०४३ सालमा खेलाएको वीरेन्द्र च्यालेन्ज प्रतियोगिताको स्मरण गर्दै अब यस क्षेत्रमा खेलकुदको विकासका लागि सबै एकजुट हुनुपर्नेमा सचिवालय संयोजक बिन्दु काफ्लेको जोड छ ।

पत्रकार सम्मेलनमा उपस्थित अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष सेतमान पुनले प्रतियोगिताका लागि एन्फा नबलपुरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खेल सञ्चालनका लागि खेल सामग्रीसहित आवश्यक प्राविधिक खटाइने जानकारी दिए ।
पत्रकार सम्मेलनमा एन्फा उपाध्यक्ष हेमु शंकर देवकोटा, प्रचारप्रसार संयोजक मिनबहादुर महतो, आयोजक समितिका सदस्यहरु, खेलाडीहरु एवम् खेलप्रेमीहरुको सहभागिता रहेको थियो ।

प्रथम मध्यबिन्दु कप फुटबल प्रत्योगिताको उपाधि बिजेताले दुई लाख २२ हजार २२२ रुपैयाँ नगदसहित सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित सिल्ड मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छ । त्यसैगरी सेमिफाइनलबाट बाहिरिने दुई टिमका लागि १५ र १५ हजार दिइने खेल संयोजक चक्रबन्धु अधिकारीले जानकारी दिए । संयोजक अधिकारीले उत्कृष्ट खेलाडीलाई १० हजार र सार्वाधिक गोलकर्तालाई सात हजार पुरस्कारको व्यवस्था गरिएको बताए ।

यसैबीच रगंशालाको निर्माण र खेलको लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्नेक्रम बढ्दै गएको आर्थिक संयोजक भिम हमालले जानकारी दिएका छन् । अहिले सम्म रंगशाला निर्माणका लागि झण्डै ७५ लाख रकम खर्च भएको आर्थिक संयोजक हमालले बताए । त्यसैगरी प्रथम मध्यबिन्दु कप २०७६ सञ्चालनका लागि पनि विभिन्न क्षेत्रबाट सहयोग जुटने क्रम जारी रहेको छ । छिमेकी जिल्ला चितवन, पश्चिम नवलपरासी, रुपन्देहीलगायतका जिल्लाबाट टिम दर्ता हुने क्रम जारी रहेको र असोज ९ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगिताको आधिकारिक मिडिया सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्ज रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>