चितवन विशेष

मेडिकल माफियाविरुद्ध चितवनमा वार्ता, काठमाडौँको माइतीघरमा पदर्शन

Banner

चितवन, असोज ४-

तोकेको भन्दा धेरै मेडिकल विद्यार्थीहरुसँग अवैध शुल्क असुलेको भन्दै  आज जिल्ला प्रशासन कार्यालय चितवनमा प्रशासनको रोहबरमा कलेज प्रशासन र चितवन मेडिकल कलेजका विद्यार्थीहरुसँग वार्ता चलिरहँदा काठमाडौँको माइतीघर मण्डलामा भने शान्तिपूर्ण विरोध प्रदर्शन भएको छ ।बिहान १० बजेबाट सुरु भएको वार्ता अहिले दिनको झण्डै ४ बजेसम्म चलिरहेको छ । वार्तामा चितवन मेडिकल कलेजले के कस्तो प्रतिबद्धा व्यक्त गर्छ र विद्यार्थीहरु केमा सहमत हुन्छन् । हेर्न बाँकी नै छ ।

सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबाहीको माग राख्दै माइतीघर मण्डलमा शान्तिपूर्ण प्रर्दशन गरिएको छ। चितवन मेडिकल कलेजलगायतमा मेडिकल माफियाले नियम भन्दा धेरै शुल्क लिएकोमा कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै प्रर्दशन भएको हो।

‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ ले शनिबार दिउँसो गरेको प्रर्दशनमा डाक्टर केसी पनि उपस्थित थिए।
उनीहरूले ‘ओली ज्यू स्वास्थ्य उपचारको महत्व तपाईंले जति कसले बुझ्ला’ तर विद्यार्थी लुट्ने मेडिकल माफियाहरू प्रति तपाईं सधैं मौन’, विद्यार्थीसँग अवैध शुल्क उठाउने मेडिकल कलेजहरू लाई कारबाही गर, सरकार किने माफियाले संविधान बचाउने कसलेरु लगायत नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरिएको हो।

मेडिकल शिक्षाको शुल्कसँग पैसा तिर्ने अभिभावक र पढ्ने विद्यार्थीहरु स्ँग मात्र नभएर आमनागरिकहरुले बिरामी हुँदा खानुपर्ने सिटामोलसँग पनि सम्बन्धित रहेको उनीहरूले उल्लेख गरेका छन्। विद्यार्थीको अगुवाइमा भइराखेको लुटतन्त्र विरुद्धको आन्दोलनमा सहभागी हुन पनि उनीहरूले आग्रह गरेका छन्। चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि विद्यार्थीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>