जोडिनुहोस
  • होमपेज
  • नारायणगढ रोटरी क्लबद्वारा इच्छाकामना खेतबारीका विद्यार्थीलाई सहयोग

नारायणगढ रोटरी क्लबद्वारा इच्छाकामना खेतबारीका विद्यार्थीलाई सहयोग

खेतबारी, चितवन, असोज २-

नारायणगढ रोटरी क्लबले इच्छाकामना गाउँपालिका–७ खेतबारीका विद्यार्थीलाई खेलकुद तथा स्टेशनरी सामग्री वितरण गरेको छ ।

क्लबले राष्ट्रिय आधारभूत विद्यालयमा करिब ४० हजार रुपैयाँ बराबरको खेलकुदका सामग्रीका साथै विद्यार्थीलाई स्टेशनरी सामानहरू वितरण गरेको हो । विगतका वर्षमा उक्त रोटरी सामुदायिक गाउँमा शिक्षा, स्वास्थ्य र सिपमूलक एवम् आयमूलक तालिमका साथै विद्यालयको भौतिक विकासमा सहयोग र पठनपाठनको सिलसिलामा विद्यार्थीका लागि आवश्यक खेलकूद र स्टेशनरीका सामग्रीहरू वितरण गर्दै आइरहेको क्लबकाअध्यक्ष सुसनलाल प्रधानले बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोपी सिलवालले रोटरी क्लबले विद्यालयलाई हरेक वर्ष सहयोग उपलब्ध गराउँदै आएको बताए । त्यस्तै विद्यालयको शौचालय जीर्ण भएको हुँदा सो निर्माणमा सहयोग जुटाइदिन समेत अनुरोध गरे । इच्छाकामना गाउँपालिका–७ का वडा सचिव सुरेश थापाको उपस्थितिमा भएको कार्यक्रममा रोटरी सामुदायिक गाउँका संयोजक टेकबहादुर थापाले विद्यालयको मन्टेश्वरी कक्षा सञ्चालन र सो कक्षाका लागि आवश्यक तालिम प्राप्त शिक्षिकाका लागि नारायणगढ रोटरी क्लबले सहयोग प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरे ।

क्लबले चितवनमा व्याप्त डेङ्गु रोगको बारेमा सचेतना सम्बन्धी कार्यक्रम समेत सोही अवसरमा सम्पन्न गरेको छ । इच्छाकामना–७ खेतबारीका वडा सचिव सुरेश थापाले शिक्षक, अभिभावक, विद्यार्थीलगायत स्थानीय जनसमूदायलाई डेङ्गु रोग र यसबाट बच्ने उपायको बारेमाजानाकारी दिएका थिए । नारायणगढ रोटरी क्लबका अध्यक्ष सुसनलाल प्रधानले भरतपुर महानगरपालिका कार्यालयको सहयोगमा उक्त रोटरी सामुदायिक गाउँमा डेङ्गु रोग सचेतनाका लागि पर्चा वितरण गरेको बताए ।

वर्ष २०२०÷२१ का लागि निर्वाचित अध्यक्ष अनुकुल श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा नारायणगढ रोटरी क्लबका निवर्तमान अध्यक्ष रमेश पौडेल, पूर्वअध्यक्षहरू चुननारायण श्रेष्ठ, सुमनकुमार श्रेष्ठ, राजेन्द्र ओली, सञ्जय श्रेष्ठ, उपाध्यक्ष अरुणकुमार खनाललगायत सहसचिव दिलिप तामाङको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका