जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • अवैध आप्रवासीलाई निकालिने भारतीय गृहमन्त्रीको घोषणा, नेपाली समस्यामा पर्ने सम्भावना

अवैध आप्रवासीलाई निकालिने भारतीय गृहमन्त्रीको घोषणा, नेपाली समस्यामा पर्ने सम्भावना

काठमाडौँ, असोज २

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने घोषणा गरेका छन् ।

गृहमन्त्री शाहले नेसनल रजिस्ट्रर अफ सिटिजन्स (एनआरसी) लाई आसाममा मात्रै सीमित नराखी देशभर लागू गेर आप्रवासीलाई देश निकाला गरिने बताएका हुन् । भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ, यसरी देश चल्दैन ।’

गृहमन्त्री शाहले समयको आवश्यकता भन्दै देशका सबै नागरिकले दर्ता हुनपर्ने बताए । चुनावी घोषणापत्रमा नै भाजपाले देशभर एनआरसी लागू गर्ने प्रतिबद्धता जनाएको साहले स्मरण गराए । यसका अलावा अन्य कानूनी प्रक्रियामार्फत् कारबाही गर्ने उनको भनाइ छ । ‘यसको नाम नै नेसनल रजिस्ट्रर अफ सिटिजन्स हो, न कि नेसनल रजिस्टअर अफ आसाम,’ साहले थपे, ‘यो आसामका नागरिकहरुको मात्र रजिस्टर होइन ।’

उनी भन्छन्, ‘मैले पहिले पनि भनेको हुँ, देशका जनताले २०१९ मा नै निर्णय लिएका थिए । हामी यहाँ एनआरसी ल्याउन आएका हौं, यो रजिस्टरमा नपर्नेहरु उचित कानूनी प्रक्रियापछि देश बाहिर पठाइनेछन् ।’ यसबाट भारतमा रोजीरोटीको खोजीमा गएका ठूलो संख्याका नेपाली र नेपालीभाषीहरुलाई अप्ठेरोमा पार्न सक्ने आकलन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका