होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • वृद्धाश्रममा कालिका मिडियाको निःशुल्क स्वास्थ्य परीक्षण

वृद्धाश्रममा कालिका मिडियाको निःशुल्क स्वास्थ्य परीक्षण

चितवन, असोज १–

कालिका मिडिया ग्रुपको १७ औँ वार्षिकोत्सवका कार्यक्रम आज (बुधबार)देखि सुरु भएको छ । देवघाटको वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई सम्मान तथा स्वास्थ्य परीक्षणको आयोजना गरी वार्षिकोत्सव कार्यक्रम सुरुवात गरिएको हो ।

कालिका मिडियाका निर्देशक दीपक पौडेलका अनुसार देवघाटका आश्रममा रहेका ३३ जना वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । वृद्धवृद्धाहरुको फिजिसियन डाक्टरहरु शान्ति भण्डारी र विकाश भण्डारीले स्वास्थ्य परीक्षण गरेका थिए । त्यहाँका अधिकांश वृद्धवृद्धाहरुलाई मधुमेह, प्रेसर तथा मुटुमा समस्या रहेको डाक्टर शान्ति भण्डारीले जानकारी दिइन् ।

आफ्नो घर परिवारबाट बिछोड भएकाहरु देवघाटमा गएर आश्रय लिएर बस्ने गरेका छन् । यसरी घरपरिवारबाट वञ्चित भएका वृद्धवृद्धाहरुलाई कालिका मिडियाले प्रत्येक वर्ष सम्मान गर्दै वार्षिक उत्सवका कार्यक्रको सुरुवात गर्ने गर्दछ । सो कार्यक्रमा बोल्दै कालिका मिडियाका निर्देशक पौडेलले वद्धवृद्धाको आर्शिवादले आफूहरु यो स्थानमा आएको बताए । उनले एक दिनको कार्यक्रमले केही नभए पनि एक जनाले एउटा संस्थालाई एक दिन यस्ता कार्यक्रम गरिदिए वर्षभरी नै अभाव नहुने धारणा राखे ।

कालिका एफ.एमका स्टेशन म्यानेजर ओमप्रकाश आचार्यले आफ्ना बुवाआमालाई वृद्धाश्रममा ल्याएर छोड्ने संस्कारको अन्त्य हुनुपर्ने बताए । वृद्धावृद्धालाई सम्मान गर्दै उनले कालिका मिडियाले आवश्यक परेको खण्डमा आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

देवघाट गाउँपालिका वडा नम्बर पाँचका अध्यक्ष एलबहादुर गुरुङले देवघाट वृद्धाश्रममा लत्ताकपडा भन्दा पनि स्वास्थ्य उपचार गर्न आवश्यक रहेको बताए । कालिका मिडियाले १७औँ वार्षिकउत्सवमा विभिन्न क्षेत्रलाई लक्षित गरी १४ वटा कार्यक्रम तय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका