



चितवन,असोज १-
चितवन मेडिकल केलेजले संविधान दिवसको अवसर पारेर एक दिन ओपिडी टिकट निःशुल्क गरेको छ । भोली (बिहिवार) ओपिडी टिकट शुल्क निःशुल्क गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । अस्पतालका निर्देशक दयाराम लम्सालले सामाजिक दायित्व अन्तर्गत एक दिनका लागि ओपिडी टिकट निःशुल्क गरेको जानकारी दिए । सरकारले असोज ३ गते संविधान दिवस मनाउँदै छ ।