जोडिनुहोस
  • होमपेज
  • कन्चनजङ्गा सहकारीको सातौं वार्षिक साधारण सभा

कन्चनजङ्गा सहकारीको सातौं वार्षिक साधारण सभा

चितवन,भदौं ३१-

कन्चनजङ्गा बहुउद्देसिय सहकारी संस्था भरतपुरको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सेतीदेवी सामुदायिक वनको पेरिसरमा संस्थाले सोमबार आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा संस्थाका अध्यक्ष सुरेश पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै सचिव कृष्ण पौडेलले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष बिद्यासागर चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाको ऋृण उपसमिती संयोजक बिष्णुहरि खनियाले ऋृण प्रतिवेदन प्रस्तुत गरेको अध्यक्ष सुरेश पौडेलले जानकारी दिए । संस्थाको ४ वटै सेवा केन्द्रका संयोजकहरुले पनि आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । नारायणगढ सेवा केन्द्रका संयोजक बिजय कुमार शर्मा, बिकासचोक सेवा केन्द्रका संयोजक बिष्णुहरि खनिया, शरणपुर सेवा केन्द्रका संयोजक नन्द प्रसाद भट्ट र मंगलपुर सेवा केन्द्रका संयोजक लक्ष्मीलाल घिमिरेले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । उता लेखा समिती संयोजक टिकाराम चालिसेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाको ४ वटै सेवा केन्द्रका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । यस्तै ४ वटै सेवा केन्द्रका शेयर धनी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋृणी र उत्कृष्ट सहयोगी तथा बाल बचतकर्ताहरुलाई पनि सम्मान गरिएको थियो । यसै बिच संस्थाले आफ्नो मोबाइल एप्लिकेसन लन्च गरेको छ । वार्षिक साधारण सभा कार्यक्रममा नै संस्थाले ‘कन्चनजङ्गा’ मोबाइल एप’ लन्च गरेको हो । उक्त मोबाइल एप डाउनलोड गरी घरमै बसेर मिनिस्टेटमेन्ट निकाल्न, बिजुली, पानी, टेलिफोन लगायतको बिल तिर्न सकिनेछ ।

कार्यक्रममा बिभिन्न सहकारी संस्था, बिद्यालय तथा कलेजका प्रतिनिधिहरुको उल्लेखनिय सहभागीता रहेको थियो । भरतपुर महानगरपालिका सहकारी तथा रोजगार प्रवर्द्दन शाखा प्रमुख राम बाबु पौडेल प्रमुख अतिथी रहेको कार्यक्रम संस्थाका अध्यक्ष सुरेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका उपाध्यक्ष बेलाराम गौतमले स्वागत मन्तब्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका