



काठमाडौं,भदौं ३१-
राष्ट्रियसभाको मंगलबार बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।’ सांसद खिमकुमार विश्वकर्माले सर्वोच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिँदै यससम्बन्धमा सरकारको धारणा सार्वजानिक गर्न माग गरे ।