चितवन विशेष

भोलीदेखि भरतपुरको जलदेवी सामुदायीक वनमा ‘जीप लाइन’ सफारी

Banner

चितवन,भदौं ३१ –

जलदेवी सामुदायिक वनले नारायणगढ–मुग्लिन सडकखण्डको आँपटारीमा आजदेखि ‘जीप लाइन’ सफारी सञ्चालन गर्दैछ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी जीप लाइन सफारी सञ्चालनको ल्याइएको सामुदायिक वनका अध्यक्ष केशव थापा ‘निरु’ले जानकारी दिए ।

आज प्रदेश नम्वर ३ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री अरुण जीप लाइन सफारीको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । सफारीका लागि आवश्यक पूर्वाधारको काम लगभग सकिएको अध्यक्ष थापाले बताए । बालबालिकाहरुका लागि उद्यान, कपडा फेर्ने कोठा पनि तयार भैसकेका छन् । गत साउन महिनाबाट यसको निर्माण कार्य सुरु भएको थियो ।

वनले वाइल्ड वनडरस प्रालिसँगको जीप लाइन सफारी सञ्चालनमा सहकार्य गरेको छ । सामुदायिक वनको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत यसमा लगानी छ । हालसम्म ७५ लाख रकम खर्च भैसकेको सामुदायिक वनका अध्यक्ष थापाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>