जोडिनुहोस
शुक्रबार, फाल्गुन १४, २०७७
शुक्रबार, फाल्गुन १४, २०७७
  • होमपेज
  • चितवन मेडिकल कलेजका विद्यार्थी भन्छन्ः माफियासँग राज्य संयन्त्र नतमस्तक भयो

चितवन मेडिकल कलेजका विद्यार्थी भन्छन्ः माफियासँग राज्य संयन्त्र नतमस्तक भयो

चितवन, भदौं ३१-

चितवन मेडिकल कलेजका विद्यार्थीले विभिन्न मागहरु राखेर दुुई सातादेखि आन्दोलन गर्दा पनि सरकार र सम्बन्धित क्षेत्रका सरोकारवालाहरु नतमस्तक भएको आरोप लगाएका छन् । चिकित्सा शिक्षा संघर्ष समितिअन्तर्गत चितवन मेडिकल कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुले आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै सो आरोप लगाएका हुन् । उनीहरुले मेडिकल शिक्षामा सुधार र परिवर्तनको माग राख्दै यति लामो समयदेखि विद्यार्थीले आन्दोलन गरिरहँदा शिक्षा मन्त्रालय, आईओएम, त्रिवि, केयूलगायत सबै सरोकारवाला संस्थाहरु मौंन रहेको भन्दै आक्रोश पोखे ।

पत्रकार सम्मेलनमा विद्यार्थीको तर्फबाट संयोजक प्रकाश चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा निडर छवी भएका प्रधानमन्त्रीसमेत मेडिकल माफियाका सामु त्रस्त र नतमस्तक भएको आरोप लगाइएको छ । त्यस्तै मेडिकल शिक्षाको नाममा दशौं अरबको कालोबजारी भएर अरबौं कर छलि हुँदा पनि अर्थमन्त्री निरिह भएको भन्दै विज्ञप्तिमा आलोचना गरिएको छ । विद्यार्थीहरुले अवैद्यरुपमा प्रतिविद्यार्थी १२ लाख ४५ हजार रुपैयाँ एमबीबीएसका विद्यार्थीहरुबाट असुल्दा पनि फिर्ताको पहल नगरेर शिक्षामन्त्री माफियाको अनुचित लाभमा फसेको भन्दै विद्यार्थीले राजीनामाको माग पनि गरेका छन् ।

विद्यार्थीको जायज मागमा व्यापक प्रहरी दमन गरिएको भन्दै आन्दोलन सजिलै नदब्ने र झ्न सशक्त भएर जाने उनीहरुले दाबी गरेका छन् । उनीहरुले मेडिकल माफियाबाट अत्याचार भइरहँदा पनि कतैबाट सुनुवाइ नभएपछि आफूहरु अहिले आफ्नै पठनपाठन ठप्प पारेर दुई सातादेखि आन्दोलनमा उत्रिएको बताएका छन् । उनीहरुले भनेका छन्, ‘हामी माथि प्रहरी दमन मात्रै नभएर आफ्नै अस्पतालमा प्रवेश निषेध गरिएको छ । हाम्रो विशुद्ध विद्यार्थी आन्दोलनलाई अमूक पार्टीको बिल्ला लगाएर बदनाम गर्ने र दबाउने प्रयास गरिँदैछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका