जोडिनुहोस
  • होमपेज
  • बर्षा रोकिएसँगै माडी ठोरी सडक सुचारु

बर्षा रोकिएसँगै माडी ठोरी सडक सुचारु

चितवन, भदौं ३१-

भारी बर्षाका कारण ठप्प रहेको माडी ठोरी भरतपुर सडकखण्ड सुचारु भएको छ ।

माडीमा बर्षा रोकिएलगतै सार्वजनिक सवारीसाधनहरु सञ्चालनमा आएका हुन् । सवारीसाधनहरु वैकल्पिक अर्थात् भित्री सडकको प्रयोग गरी चलेका छन् । यता वर्षाको समयका अवरुद्ध रहेको विद्युत् सेवा पुनः सुचारु गरिएको छ । विस्तारै जनजीवन सामान्य बन्ने माडी नगरपालिकाले जनाएको छ ।

माडी नगरक्षेत्रमा पछिल्लो १२ घण्टामा २१६.६ मिलिमिटर वर्षा मापन गरिएको छ । माडीका खोलामा पानीको सतह चेतावनीको तहमै रहेको माडी नगरपालिकाले जनाएको छ । लगातारको भारी बर्षाका कारण माडीको जनजीवन प्रभावित भएको थियो ।  माडी नगरपालिकाका तटीय क्षेत्रमा रहेका केही घरहरुमा बाढी पसेको छ भने केही विद्यालय तथा संस्थाहरु पनि जलमग्न भएका छन् । यद्यपि माडीमा बाढीका कारण कुनै मानवीय क्षति भने नभएको माडी नगरपालिका सामाजिक विकास शाखाका सन्तोष सुवेदीले बताए । माडी नगरपालिका वडा नं १ मा सेरुवा टोलका अधिकांश घर डुबानमा परेका छन् । भूतिया खोलाले अम्मुबास क्षेत्रको चार घर, वडा नं १ मा चैनपुरमा एक घर डुबानमा परेको छ । यस्तै माडी नगरपालिका–२ को कुन्तिपुरका घरहरुमा बाढीले क्षति पु¥याएको छ भने खोला आसपास तटीय क्षेत्रका अधिकांश घरहरुमा पानी बसेको छ । खोलामा भने पानीको बहाब उच्च रहेकाले सर्तकता अपनाउन अग्रह गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका