जोडिनुहोस
  • होमपेज
  • फिलिपिन्समा ट्रक चट्टानमा ठोक्किदा कम्तीमा १५ जनाको मृत्यु

फिलिपिन्समा ट्रक चट्टानमा ठोक्किदा कम्तीमा १५ जनाको मृत्यु

मनिला, भदौ ३१-

फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
गुडिरहेको एउटा ट्रक चट्टानमा गएर ठोक्किएपछि सो दुर्घटना भएको स्थानीय प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् । टिबोली शहरको लम्सालोमे राजमार्गमा गुडिहरेको सो ट्रकमा २० व्यक्ति सवार रहेका जनाइएको छ ।
स्थानीय समय अनुसार मङ्गलबार बिहान १०ः ३० बजे सो ट्रक सडकबाट बाहिर गएर चट्टानमा ठोक्किएको र त्यसपछि ट्रक पल्टिएको थियो ।
चौध व्यक्तिको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अरु केही घाइते भएका पनि प्रारम्भिक प्रहरी रिपोर्टमा जानकारी दिइएको छ ।
दक्षिणी कोटाबाटोको प्रान्तीय प्रकोप र जोखिम न्यूनीकरण व्यवस्थापन कार्यालयका प्रमुख रोली डोआन एकिनाले मृतकहरूको संख्या १५ पुगिसकेको र घटनास्थलमा घाइते भएका एक व्यक्तिको अस्पतालमा मृत्यु भएको बताएका छन ।रासस एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका