होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • आँपटारीमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु

आँपटारीमा म्याजिक भ्यान अनियन्त्रित भई पल्टिँदा एकको मृत्यु

चितवन, भदौ ३१-

भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान आफैँ अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको हो । म्याजिक पल्टिँदा त्यसमा सवार चार घाइते भएकोमा नेपालीको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीन जना सामान्य उपचारपश्चात् घर फर्किएका छन् । म्याजिक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका