



भरतपुर, भदौं ३०-
भरतपुर महानगरपालिका–१० पृथ्वीटोलमा रहेको साविक नहरको जमिनलाई सदुयोग हुने गरी कपुर पार्क निर्माण गरिएको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले सो पार्कको सोमबार उद्घाटन गरेका हुन् । नारायणी लिपmट सिचाइँको साविक नहर रहेको जमिनलाई भरतपुर–१० मा रहेको पृथ्वी टोलसहित छिमेकी टोलको सहयोगमा पार्क बनाइएको हो ।
भरतपुर वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीका अनुसार नहरको नौ मिटरको जमिनलाई पर्खाल लगाएर करिब १५० कपुरको बोट लगाइएको बताए । जमिन अतिक्रमण हुने खतराबाट जोगाउन र वडावासीलाई स्वस्थ बनाउन पार्क महत्वपूर्ण सावित हुने अध्यक्ष भण्डारीले विश्वास व्यक्त गरे ।
भरतपुर–११ बसेनीदेखि प्रेमबस्तीसम्म पुगेको सो नहरको जमिन धेरै स्थानमा अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत संरचना बनिरहेको अवस्थामा यो पार्क निमार्णले उदाहरण पेस गरेको छ ।