



चितवन,भदौं ३०-
इम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेजको शाखा नारायणगढमा स्थापना भएको छ । सोमबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी शाखा स्थापना गरिएको जानकारी दिइएको हो । अष्ट्रेलिया,भुटान,फिलिपिन्स र नेपालको काठमाडौं र पोखरामा शाखा रहेको इम्पायरको पछिल्लो शाखाको रुपमा नारायणगढमा विस्तार गरिएको छ । एजुकेशनकी प्रबन्ध निर्देशक प्रिया थापाले १३ बर्षअघि अष्ट्रेलियाबाट सुरु भएको शैक्षिक परामर्श सेवा चितवनसम्म आइपुगेको बताइन् । उनले भनिन्,‘अष्ट्रेलियामा नै उच्च शिक्षा हाँसिल गरेकाहरुले कन्सलटेन्सी संचालन गरेको छौं, विद्यार्थीलाई बिदेश पठाउने मात्र होइन सही परामर्श पनि प्रदान गर्छौ ।’ उनले अष्ट्रेलियाका २५ वटा युनिभर्सिटीमा अध्ययनका लागि विद्यार्थी पठाइने बताइन् ।
अष्ट्रेलियामा के पढ्ने, त्यहाँ कसरी स्थापित हुने र के काम गर्ने भन्ने बारे सुरुमै परामर्श दिएर पठाइने थापाको दावी छ । उनले करिब एक हजार विद्यार्थी अष्ट्रेलिया पठाउन सफल भएको बताइन् । २०१३ सालदेखि नेपालमा सेवा प्रदान गरेको इम्पायरले विद्यार्थीलाई अष्ट्रेलियाको अवस्थाबारे यथार्थ जानकारी दिने गरेको बताइन् ।
अष्ट्रेलिया अध्ययन गर्न जानका लागि ७ लाखदेखि १३ लाखसम्म लाग्ने गरेको छ । युनिर्भसिटी अनुसार फरक फरक शुल्क लाग्ने नारायणगढ शाखा प्रमुख राजेन्द्र अधिकारीले बताए ।