होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
  • होमपेज
  • जलवायु परिवर्तनबारे भएको वक्तृत्वकलामा प्रतियोगितामा बगाले पहिलो

जलवायु परिवर्तनबारे भएको वक्तृत्वकलामा प्रतियोगितामा बगाले पहिलो

चितवन, भदौं ३०-

बालदिवसको अवसरमा जलबायु परिवर्तनबारे दियालो परिवार नारायणगढले गरेको वक्तृत्वकला प्रतियोगितामा आदिकवि भानुभक्त माध्यमिक विद्यालयका छात्रा कञ्चन बगाले पहिलो भएकी छन् ।

दियालो परिवार नारायणगढले हरियो वन कार्यक्रमअन्तरगत ‘जलवायु परिवर्तन अनुकुलन र न्यूनीकरणमा बालबालिकाको भूमिका’ बारेमा आइतबार वक्तृत्वकला प्रतियोगिता गरेको हो । प्रतियोगितामा रामजानकी बालिका आश्रमकी कल्याणी लोक कल्याणी दोस्रो, बालकुमारी कन्या माध्यमिक विद्यालयका शंकर थापा तेस्रो भएका छन् । त्यस्तै रामजानकी बालिका आश्रमकी निलम कल्याणीले सान्त्वना पुरस्कार प्राप्त गरेकी छन् ।  वडा नं १ देखि ४ मा रहेको सामुदायिक तथा निजी ११ विद्यालयका विद्यार्थीको प्रतियोगितामा सहभागिता रहेको थियो । वक्तृत्वकला प्रतियोगिता लागि तीन सदस्यीय निर्णायक मण्डल क्रमशः संयोजक केदारनाथ खनाल, माया श्रेष्ठ र उदितचन्द्र अर्याल रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका