मध्य नेपाल

मुग्लिन–पोखरा सडक चार लेन बन्दै,पहिलो चरणमा पोखरादेखि आँबुखैरेनीसम्म

Banner

चितवन,साउन २०-

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरेनीसम्मको सडक विस्तार हुने भएको छ । पाँच दशकअघि बनेको यो राजमार्ग सवारी चापसँगै साँघुरो बन्दै गएपछि दुई लेनको यो सडकलाई चार लेन बनाउन लागिएको हो ।

पोखरा–मुग्लिनको दुरी ९० किलोमिटर छ । पहिलो चरणमा पोखरादेखि आँबुखैरेनीसम्मको ८१ किलोमिटर खण्ड विस्तार गर्ने तयारी भएको सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । उनका अनुसार राजमार्गमा पर्ने तीनवटा ठूला आकारका पुल पनि विस्तार हुनेछन् ।

तनहुँको दमौली, पोखराको विजयपुर र पृथ्वीचोकको पुल ठूलो आकारमा बन्ने उनले बताए । ती पुल कमजोर बन्दै गएका छन् । विजयपुरको पुल कमजोर भएर १० टनभन्दा बढी भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>