अन्तर्राष्ट्रिय
अफगानिस्तानमा हवाई आक्रमण : तालिबानका गभर्नरसहित तीन मारिए
०

काबुल, साउन १८-
अफगानिस्तानको फराह प्रान्तमा भएको एक हवाई कारबाहीमा तालिबानका एक गभर्नरसहित उनकै स्थानीय नेता मारिएका छन् । अफगान रक्षा मन्त्रालयले शनिबार उक्त जानकारी दिएको छ ।
फराह प्रान्तका तालिबानका गभर्नर मुल्लाह अब्दुल बारीसँगै तालिबानका नै स्थानीय नेता मुल्लाह सद्दिक र मवलावीको पनि उक्त हवाई कारबाहीमा मृत्यु भएको गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
तर यस विज्ञप्तिमा यस कारबाही अफगान बायुबल अथवा नेटोआवद्ध संयुक्त सेनाले गरेको सो विषयमा विस्तृत विवरण दिइएको छैन् ।
यस प्रान्त तालिबान लडाकू समूह र सुरक्षाबीच बारम्बार झपड हुदै आएको पाइन्छ । तालिबान लडाकू समूहले यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् ।रासस ÷सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>