Uncategorized
मेलम्चीको पाइपमा निसास्सिएर दुई कामदारको मृत्यु
०

काठमाडौं साउन १७-
काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई कामदारको मृत्यु भएको छ । पाइप सफा गर्ने क्रममा निसास्सिएर शुक्रबार बिहान १० बजे दुई मजदुरको मृत्यु भएको काठमाडौं महानगरीय परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए।
मृत्यु हुनेमा २५ वर्षीय साह र २० वर्षीय शिवराम साह रहेका छन् । दुवै जना सप्तरीका हुन् । पाइपमा बेहोस भएका उनीहरुलाई उद्धार गरी महारागन्जस्तिथ शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवैको मत्यु भएको एसपी सिंहले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>