जोडिनुहोस

Banner

एजेन्सी

मुम्बई, भदौ ११-

बलिउड अभिनेता सलमान खानले रेलवे स्टेसनमा गीत गाउँदै जीविकोपार्जन गर्ने रानु मोन्डललाई घर उपहार दिएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सलमानले रानुलाई ८८ लाख रूपैयाँ (५५ लाख भारू) पर्ने घर दिएका हुन्। यसबारे सलमानका तर्फबाट आधिकारिक अभिव्यक्ति भने आइसकेको छैन।

पश्चिम बंगालको रानाघाट स्टेसनमा ‘एक प्यारका नग्मा है’ गाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै रानु चर्चित भएकी थिइन्। मिठो स्वरकी उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर ‘जस्तै’ भने। रानु आफैंले पनि लताबाट प्रेरित भएको बताएकी थिइन्। त्यसैले उनलाई ुरानाघाटकी लता मंगेशकरु पनि भन्न थालिएको छ।
उनको भिडिओ र स्वर दुवै हिट भएको केही दिनपछि उनको खोजी हुन थाल्यो। कसैले उनलाई भेट्यो र बाटामा बस्दै आएकी रानुको साफसफाइ र श्रृंगार भयो। उनको स्वरझैं सुन्दरता पनि निखारियो। सामाजिक सञ्जालले उनलाई खुबै शुभकामना दिए।

आफ्नो स्वरको जादूले रानुले धेरैको मन जितिसकेकी थिइन्। तर उनको कमाल यतिमै सीमित भएन। रानु टेलिभिजन कार्यक्रम ‘सुपरस्टार सिंगर’मा देखिइन्। कार्यक्रममा सहभागी केटाकेटी भेटिन्। यहीँ उनको जीवनमा नयाँ मोड दिने व्यक्ति पनि थिए– गायक तथा संगीतकार हिमेश रेशमिया।

कार्यक्रमको निर्णायकका रूपमा रहेका हिमेशले रानुको स्वर सुनेपछि आफू निकै प्रभावित भएको बताए। उनको स्वरको तारिफ गर्दै उनलाई ‘काम दिने’ बताएका थिए। र, हिमेशले आफ्नो बोली पूरा गरेका छन्।
हालै सार्वजनिक एक भिडिओमा रानु स्टुडियोमा गीत रेकर्ड गराउँदै गरेकी देखिन्छिन्। उनीसँग हिमेश पनि छन्। हिमेशले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’का लागि रानुलाई गीत गाउने अवसर दिएका हुन्।

https://youtu.be/s4ILDIU_CcE

 

हिमेशले एकातिर रानुलाई काम दिए भने अर्कातिर सलमानले घर दिएको समाचारहरू आइरहेका छन्। योसँगै रानुले सलमानको आगामी फिल्म ुदबङ ३ु मा गाउन सक्ने पनि अनुमान गरिएको छ।
गाएर पाएको पैसा र जिन्सीले धानिँदै आएकी रानुले नयाँ जीवनसँगै हजारौं फ्यान पनि कमाइसकेकी छन्। सामाजिक सञ्जालहरूमा उनका निम्ति शुभकामना र मायाका सन्देशहरू देख्न सकिन्छ। सबैको कामना छ( रानुको नयाँ जीवन र करिअरले सधैं सफलता पाओस्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *