जोडिनुहोस
  • होमपेज
  • रोकिएन रवि समर्थकको प्रदर्शन, छैठौ दिनको प्रदर्शन शान्तीपूर्ण (तस्विरमा)

रोकिएन रवि समर्थकको प्रदर्शन, छैठौ दिनको प्रदर्शन शान्तीपूर्ण (तस्विरमा)

चितवन,भदौं ४-

भरतपुरमा संचारकर्मी रवि लामिछानेका सामर्थकले आज छैठौ दिनपनि आन्दोलन जारी राखेका छन् । रवि लामिछानेलाई रिहाइको माग गर्दै सुरु गरेको प्रर्दशन छैठौं दिनसम्म आइपुग्दा शान्तीपूर्ण छ । भरतपुरको चौविसकोठीमा जम्मा भएका समर्थकहरुले गीत गाउँदै प्रदर्शन गरिरहेका छन् । यसअघिका दिनका प्रदर्शन शान्तीपूर्ण नभएका कारण प्रहरीसंग पटक–पटक झडप भएको थियो ।

यसअघि भरतपुरमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध चितवन प्रहरीले मुद्धा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले प्रदर्शनमा उश्रृङखल गतिविधि गर्ने र भिडलाई उत्तेजित पार्नेलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको बताए । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका २३ जना मध्य १४ जना बिरुद्ध मुद्धा दर्ता भएको उनले बताए । जसमा ११ पुरुष र १२ जना महिला छन् । प्रहरीले साउन ३२ गते ४ जना, भदौं २ गते १० जना र हिजो मात्रै ९ जनालाई नियन्त्रणमा लिएको हो ।

पहिलो दिन पक्राउ परेका ४ जनाको मुद्धा जिल्ला प्रशासन कार्यालय चितवनमा पेश भएर पाँच/पाँच सय रुपैंया धरौटीमा छुटेको कोइरालाले बताए । उनले १० जनाको हिजो मुद्धा दर्ता भएको र बाँकी ९ जनाको आज मुद्धा दर्ता हुने जानकारी दिए । कोइरालाले प्रदर्शनका नाममा उश्रृङखल गतिविधि गरे पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिए ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई हिरासत मै राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले मंगलबार पुनः पाँच दिनको म्याद थप गरेको छ । लामिछानेसहित पत्रकार युवराज कँडेल र रुकु कार्की (अस्मिता) विरुद्ध शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहान मुद्दामा अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका