जोडिनुहोस
  • होमपेज
  • भरतपुरमा प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना विरुद्ध मुद्धा दर्ता

भरतपुरमा प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना विरुद्ध मुद्धा दर्ता

चितवन,भदौं ४-

भरतपुरमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका १४ जना बिरुद्ध चितवन प्रहरीले मुद्धा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले प्रदर्शनमा उश्रृङखल गतिविधि गर्ने र भिडलाई उत्तेजित पार्नेलाई नियन्त्रणमा लिएर मुद्धा दर्ता गरेको बताए ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा पक्राउ परेका २३ जना मध्य १४ जना बिरुद्ध मुद्धा दर्ता भएको उनले बताए । जसमा ११ पुरुष र १२ जना महिला छन् । प्रहरीले साउन ३२ गते ४ जना, भदौं २ गते १० जना र हिजो मात्रै ९ जनालाई नियन्त्रणमा लिएको हो ।

पहिलो दिन पक्राउ परेका ४ जनाको मुद्धा जिल्ला प्रशासन कार्यालय चितवनमा पेश भएर पाँच÷पाँच सय रुपैंया धरौटीमा छुटेको कोइरालाले बताए । उनले १० जनाको हिजो मुद्धा दर्ता भएको र बाँकी ९ जनाको आज मुद्धा दर्ता हुने जानकारी दिए । कोइरालाले प्रदर्शनका नाममा उश्रृङखल गतिविधि गरे पक्राउ गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका