जोडिनुहोस
  • होमपेज
  • पत्रकार मृत्यु प्रकरणः भिडियोमा रहेको आवाज पुडासैनीकै, झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

पत्रकार मृत्यु प्रकरणः भिडियोमा रहेको आवाज पुडासैनीकै, झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

चितवन,भदौं ३-

माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले गरे । ‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्छौँ । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ,’ उनले भने ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ । उनको मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको स्रोतले जनाएको छ । फरक–फरक भिडियो क्लिपमा भएकै कारणले पुडासैनीको आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको तथा एक अवस्थामा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृश्य देखिएको अनुसन्धानले देखाएको छ ।

एक प्रतिक्रिया on “पत्रकार मृत्यु प्रकरणः भिडियोमा रहेको आवाज पुडासैनीकै, झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्ट

  1. कसैले झुन्ड्याएर मारेको पनि हुनसक्छ।किनकी उसको सरिर्मा चोटपटक छ,

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका