
समाचार
रवि लामिछाने प्रक्राउ विषयलाई लिएर काठमाडौ प्रहरी प्रमुखलाई गालि गर्नें एक प्रक्राउ



काठमाडौं भदौ १-
टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउको विषयलाई लिएर काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीविरुद्ध गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रिदम विसी भनिने शंकर विक छन् । उनलाई अछामको मंगलसेनबाट पक्राउ गरेर काठमाडौं ल्याइएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले विकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय, अछामलाई पत्राचार गरिएको बताए । उनले भने, ‘हामीले पत्र पठाएका थियौं, यहाँ ल्याइपुर्याई सकिएको छैन ।’
अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले शनिबार विसीलाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘हामीले पक्राउ गरेर पठाइसकेका छौं । अन द वे होलान् ।’
अनुसन्धान अधिकृतका अनुसार, विसीले आफूलाई गायक भएको परिचय दिएका छन् । उनले ‘रवि लामिछाने दाइलाई फसाउने यो नै हो भ्रष्ट‘ ‘ ‘ ‘’ भन्दै फेसबुकमा स्टाटस लेखेका थिए, जसलाई ५ सय बढीले शेयर गरेका छन् ।
विकविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने जनाइएको छ ।