जोडिनुहोस
  • होमपेज
  • मकवानपुरमा लागुऔषधसहित दुई पक्राउ 

मकवानपुरमा लागुऔषधसहित दुई पक्राउ 

हेटौँडा साउन ३०-

मकवानपुर प्रहरीले ११२ किलोग्राम लागुऔषध (गाँजा) सहित मिनी ट्रक र गाँजा कारोबारमा सम्लग्न भएको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ । हेटौँडा–१० बसपार्कबाट वीरगन्जतर्फ जाँदै गरेको बा५ख १८२५ नंको मिनीट्रकमा ५९ किलो ५८० ग्राम गाँजा फेला परेकाले मिनीट्रकसहित ट्रक चालक मकवानपुर कैलाश गाउँपालिका–६ बस्ने वर्ष २० का भिमसेन मोक्तान र सोही ट्रकमा सवार वर्ष २६ का रोशन लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसैगरी हेटौँडा १९ नेवारपानी बीचटोलस्थित धानखेतमा लुकाएर राखिएको गाँजा प्रहरीले बरामद गरेको छ । ओसारपसार गर्ने उद्देश्यले कालो प्लाष्टिकमा प्याकिङ गरेर राखिराखेको अवस्थामा ५३ किलोग्राम गाँजा बरामद गरिएको र यसमा सम्लग्न व्यक्तिबारे खोजबिन भइरहेको उक्त कार्यालयले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका