होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area

जोडिनुहोस
alt
  • होमपेज
  • प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

प्रशासन कार्यालयमा स्तनपान कक्ष स्थापना

जाजरकोट साउन २३-

यहाँको जिल्ला प्रशासन कार्यालयमा आजदेखि सेवाग्राहीको सुविधाका लागि स्तनपान कक्ष शुरु गरिएको छ । दैनिक दर्जनौँ सेवाग्राही आउने प्रशासन कार्यालयमा काम, कारवाहीलाई प्रभावकारी बनाउनका लागि स्तनपान कक्षको स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । दैनिक प्रशासन कार्यालयमा नागरिकता, राहदानी र विभिन्न सिफारिस लिन आउने जनसाधारणको भीड लाग्ने तर स्तनपान कक्ष नहुँदा समस्या हुँदै आएको गुनासो बढेपछि प्रशासनले सो माग सम्बोधन गरेको हो ।

जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने प्रशासनमा यो कार्यले थप प्रशासन र जनसाधारणबीच सम्बन्ध सुमधुर हुने उहाँले विश्वास व्यक्त गरे।

यसअघि प्रशासनमा सेवा लिन आउने सेवाग्राही आमालाई बच्चा च्यापेर खुला स्थानमा स्तनपान गराउनुपर्ने बाध्यता थियो । आजै आठ जना आमाले स्तनपान कक्षमा गएर सुविधाजनक तरिकाले स्तनपान गराएका छन् । यो सिको अन्य कार्यालयले पनि गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका