देश/प्रदेश

मिस्टर नेपाल अक्षयजङ्ग रायमाझी ‘मिस्टर वल्र्डमा प्रतिस्पर्धा गर्ने

Banner

काडमाडौँ, साउन १६-

फिलिपिन्सको राजधानी मनिलामा यही साउन २१ गते हुने ‘मिस्टर वल्र्ड २०१९’ को दशौँ संस्करणमा मिस्टर नेपाल विजेता अक्षयजङ्ग रायमाझीले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा एक्सपोज नेपालका कार्यकारी प्रमुख अर्चना थापाले विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिसँग हुने उक्त प्रतिस्पर्धामा नेपालले सहभागिता जनाउने विषय सम्पूर्ण नेपालीका लागि गौरव भएको बताइन् । उक्त प्रतियोगितामा १७ वर्षदेखि ३० वर्षसम्मका युवा सहभागी हुने छन् ।

उक्त कार्यक्रममा रायमाझीले नेपाली वेषभूषाका साथै कला संस्कृतिको अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले उक्त प्रतियोगितामा सगरमाथा, हिन्दूशास्त्र, बौद्धतन्त्रका महत्वबारे अन्तर्राष्ट्रिय तहमा जानकारी गराउने र भैरव नृत्य गर्ने कार्यक्रम छ । युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सन् २००१ देखि सञ्चालित मिस्टर नेपालमा सहभागीलाई प्रतिस्पर्धीलाई क्षमता उजागर, नेतृत्वदायी क्षमता, राष्ट्रिय गौरवका विषयवस्तुबारे जानकारी गराइन्छ । मिस्टर नेपाल युवाको बौद्धिकता र व्यक्तित्वका आधारमा गराइने पुरुष ट्यालेन्ट पेजेन्ट हो । बानेश्वर निवासी रायमाझी सन् २०१७ का विजेता हुन् । मिस्टर नेपाल २०१९ का लागि नयाँ आवेदन खुला गरिएको जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>