क्रिकेट

एसिया कप छनौटः रित गौतमको शतक, सिंगापुरलाई दियो ३२७ रनको विशाल लक्ष्य

Banner

काठमाडौं, असार २०–

मलेसियामा जारी एसीसी यु १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तरगत नेपालले दोस्रो खेलमा सिंगापुरलाई ३२७ को विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले व्याटिङ गरेको नेपालले ओपनर रित गौतमको शतकको मद्धतमा निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३२६ रन बनायो ।

यस प्रतियोगितामा रित गौतमको शतक पहिलो हो । गौतम १३७ बलमा ११५ रन बनाएर अविजित रहे । उनले १० चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल मल्लले आक्रमक पारी खेल्दै २३ बलमा ५१ रनको अविजित अर्धशतकिय पारी खेले । उनले ५ छक्कार ४ चौका प्रहार गरे । उनले अन्तिम ओभरमा चार चौका र एक छक्का प्रहार गरे ।

यस्तै खडक बहादुर बोहराले १२ चौकाको मद्धतमा ९० रनको उत्कृष्ट पारी खेले । ओपनर पवन सराफ १० चौकाको मद्धतमा ४५ रन बनाए । यस्तै कप्तान रोहित कुमार पौडेल ७ र विशाल विक्रम केसी एक रनमा आउट भए । नेपालका ओपनर गौतम र सराफले ९२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

सिंगापुरका लागि भिनित मेहता र प्रणव सुर्दशनले समान २/२ विकेट लिए ।

आज विजयी भए नेपाल समूह ‘ए’ को विजेता बन्ने छ । आजको खेलमा हार व्यहोरे पनि सिंगापुर उपविजेताको रुपमा सेमिफाईनलमा भिड्ने छ । यस प्रतियोगिताको विजेताले यसै वर्ष श्रीलंकामा हुने यु १९ एशिया कप क्रिकेटमा सहभागिता जनाउन पाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>