क्रिकेट
एसीसी पूर्वी क्षेत्रीय क्रिकेटः चीनविरुद्ध नेपाल १० विकेटले विजयी

काठमाडौं, असार १८–
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालीले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिता अन्तरगत आज भएको पहिलो खेलमा नेपालले कमजोर प्रतिद्धन्द्धी चीनलाई १० विकेटले पराजित ग¥यो । चीनले दिएको ५४ रनको लक्ष्य नेपालले पाँच ओभरमा विना विकेट ५७ रन बनाउँदै पुरा ग¥यो । नेपालले पाँचौ ओभरमा २५ रन प्रहार गरेको थियो । नेपालका लागि ओपनर पवन सर्राफले २१ बलमा अविजित ४६ रन बनाए । उनले ३ छक्कार ६ चौका प्रहार गरे । यस्तै रित गौतम १० बलमा १० रन बनाउँदै अविजित रहे ।
चीनका तियन सेनले ३ ओभरमा ३३ रन खर्चिए ।
यसअघि मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको चीन ५३ रनमा अलआउट भयो । चीनका लागि ओपनर व्याट्सम्यानद्धय गुहो गउ र लियाङ चेनले समान १३ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका दुई व्याट्सम्यान शून्यमा आउट भए । चीनलाई सस्तैमा समेट्न नेपालका सागर ढकालले ६ विकेट लिए भने तिलकराज भण्डारीले ३ र कमल सिंह ऐरीले एक विकेट लिए । ९.१ ओभर बलिङ गरेका सागरले ३ मेडनसहित मात्र १९ रन खर्चिए ।
यस्तै तिलकराजले ७ ओभरमा ३ मेडनसहित १५ रन खर्चिए । कमल सिंहले भने ५ ओभरमा दुई मेडनसहित खर्चिए । अर्का बलर प्रतिश जिसीले २ ओभरमा १० रन खर्चिए । नेपालले अब अर्को खेलमा सिंगापुरको सामना गर्ने छ । आजको खेलमा विजयी भएसंगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि सिंगापुरले पनि चीनलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।