अन्तर्राष्ट्रिय

मुम्बईमा पर्खाल भत्किदाँ १८ को मृत्यु, जनजीवन अस्तव्यस्त

Banner

मुम्बई, असार १७-

भारतको आर्थिक राजधानी मुम्बईमा अविरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार मङ्गलबार बिहान करिब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताएका छन ।

करिब दुई करोड बासिन्दा रहेको तटीय शहर मुम्बईमा भारी वर्षाका कारण दोस्रो दिन पनि जनजीवन अस्तव्यस्त रहेको छ ।

भारी वर्षाका कारण सरकारी विदाको घोषणा गरिएको र स्थानीय बासिन्दालाई घर बाहिर नजान र घरमा नै बस्न सल्लाह दिइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

विश्वविद्यालय र विद्यालयहरु बन्द गरिएको र मुम्बई विमानस्थलबाट उडान भर्ने करिब एकसय उडान रद्द गरिएको छ । मौसमी विवरण अखिलेख राख्ने एक निजी निकायले मुम्बईमा १३ इन्चसम्म वर्षा भएको जानकारी दिएको छ ।

अबिरल वर्षापछि मुम्बई शहरको मिथि नदीको सतह बढेकाले त्यस इलाका आसपासमा रहेका करिब एक हजार व्यक्तिलाई अन्यत्रै सुरक्षित इलाकामा लगिएको छ ।रासस/ एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>