समाचार

विप्लव समूहका रसुवा जिल्ला नेता पक्राउ

Banner

रसुवा , असार १७-

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रसुवा जिल्ला सदस्य पक्राउ परेका छन् ।

पार्टीको कामको सिलसिलामा काठमाडौं जाँदै गर्दा जिल्ला सदस्य बासु पाठकलाई प्रहरीले असार १५ गते बाटैबाट पक्राउ गरेको बताइएको छ।
विप्लव समूहका रसुवा जिल्ला इन्चार्ज कविन्द्रले एक विज्ञप्ति जारी गरी पाठकलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् । शान्तिपूर्ण हिँडडूल गर्न पाउने अधिकारी माथि राज्यले हमला गरेको भन्दै पार्टीमाथि लगाइएको प्रतिबन्धपछि पार्टीमाथि दमन तीब्र पारिएको आरोप लगाइएको छ ।

विज्ञप्तिमा यस्तो कार्य तत्काल रोक्न अनुरोध गर्दै अन्यथा प्रतिरोध गर्नुको विकल्प नभएको उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>