अन्तर्राष्ट्रिय
अमेरिकाको टेक्सास राज्यमा भएको विमान दुर्घटनामा दशको मृत्यु
०

ह्युस्टन, असार १६-
अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ ।
डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय समयानुसार आइतबार बिहान ९ः१० मा भएको यस दुर्घटनामा विमानमा सवार रहेका सबै व्यक्तिको मृत्यु भएको बताइएको छ ।
अधिकारीहरुले मारिएका व्यक्तिहरुको परिचयलगायत विस्तृत विवरण भने दिएको छैनन् ।रासस सिन्ह्वा
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>