मध्य नेपाल

मुग्लिन-पोखरा सडक अव ४ लेनः २८ अर्ब लागत अनुमान

Banner

चितवन,असार १६-

करिब ५ दशकअघि बनेको पृथ्वी राजमार्गको पोखरा– मुग्लिनखण्ड पहिलो पटक स्तरोन्नति हुने भएको छ। एशियाली विकास बैंकको ऋण सहयोगमा सरकारले ३ वर्षभित्र ४ लेनको सडक बनाउन लागेको हो। सन् १९७४ मा चीन सरकारको सहयोगमा बनेको सडक सामान्य मर्मत गरे पनि पूर्ण स्तरोन्नति भएको थिएन। यसका लागि सडक बोर्डले राजमार्गको मापदण्डअनुसार जग्गा अधिग्रहण गरिसकेको छ।

सडक निर्माणका लागि एडीबीले सहमति जनाइसकेको छ। केही दिनमा सम्झौता गरेर टेण्डर प्रक्रियामा लैजाने सडक बोर्डका तर्फबाट एडीबीका प्रोजेक्ट डाइरेक्टर दीपक श्रेष्ठले जानकारी दिए। ‘शहरी क्षेत्रमा ६ लेनको सडक बन्छ। अरु ठाउँमा डेडिकेटेड ४ लेन हुन्छ, ’ उनले भने, ‘एडीबीले ऋण दिन सहमति जनाएको छ। छिट्टै प्रक्रियामा जान्छ। ’

शहरी क्षेत्रमा ६ लेनको सडक बन्छ भने अरु ठाउँमा डेडिकेटेड ४ लेन हुनेछ। शहरी क्षेत्रमा भने ६ लेनको सडक बन्नेछ। दुईतिर सर्भिस लेन, फुटपाथसहित बजारी क्षेत्रमा ४२.५ मिटर चौडा र अरु ठाउँमा १८ मिटर फराकिलो बाटो बन्नेछ। ८८ किलोमिटर लामो सडकलाई दुई खण्डमा बाँडेर स्तरोन्नति गरिने उनले सुनाए। ‘पहिलो फेजमा आँबुखैरेनीदेखि पोखरासम्म ८० किलोमिटर सडक स्तरोन्नति हुन्छ। यसको डिजाइन तयार भैसकेको छ, ’ उनी भन्छन्, ‘आँबुखैरेनीदेखि मुग्लिनसम्मको खण्डमा काम गर्न निकै कठिन छ। यसको पनि डिजाइन बन्दैछ। तर फाइनल भएको छैन।’

उनका अनुसार मुग्लिन – आँबुखैरेनी खण्डमा अहिले भैरहेको बाटो भन्दा फरक ट्रयाक बनाउने तयारी छ। मुग्लिनबाट दुई लेनको सडक गोरखा छिराएर मस्र्याङदी पावरहाउस नजिक जोड्ने गरी डिजाइन बनिरहेको श्रेष्ठले बताए। पूरा लम्बाइमध्ये ६६ किलोमिटर ४ लेनको सडक हुनेछ भने २२ किलोमिटर ६ लेनको बन्नेछ।

यो सडक पूर्णरुपमा स्तरोन्नति गर्न करिब २८ अर्ब लाग्ने प्रारिम्भक अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>