देश/प्रदेश

रक्सी बेच्न छाड्नेलाई १ लाख २० हजार पुरस्कार

Banner

बैतडी साउन १०

 बैतडीको दोगडाकेदार गाउँपालिकाले रक्सी बेच्न छाड्ने व्यवसायीलाई १ लाख २० हजार पुरस्कार दिने निर्णय गरेको छ ।

गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँ कार्यपालिकाले रक्सी बेच्न छोड्ने व्यवसायीलाइ १ लाख रकमको पुरस्कार दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन ।

गाउँपालिकाभित्रका जोसुकै रक्सी व्यापारीले रक्सीको कारोबार गर्दिनँ भनेर मदिरा बिक्री वितरण अनुमति पत्र बुझाएमा गाउँपालिकाका तर्फबाट १ लाख र आफ्नो व्यक्तिगत तर्फबाट २० हजार रकम थप गरेर जम्मा एक लाख २० हजार दिइने उनले बताइन। रक्सीले गर्दा गाँउघरमा महिला हिंसाका घटनाहरु बढेकाले हिंसा न्यूनीकरणका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको उनले प्रष्ट पारिन ।

रक्सीका कारण आफ्नै पतिबाट हिसांमा परेको कुरा लिएर स्थानीय महिलाहरु आफूकहाँ आउने गरेको र आफूले सम्झाउँदा पनि नमान्ने गरेकोले निकै समस्या भइरहेको उनले बताइन । न्यायिक समिति सयोजक भएकाले यस्ता घटनाहरु मिलाउने जिम्मेवारी भए पनि आफूलाई निकै सकस भएको उनले गुनासो गरिन।

यस्तै गाँउपालिका अध्यक्ष चक्र कार्कीले रक्सीको कारोबार अत्यधिक बढेकाले महिला हिंसा बढ्नुका साथै समाजमा विभिन्न खालका विकृति समेत ल्याएको बताए ।

स्थानीय बजारहरुमा मान्छेहरु बिहानदेखि नै रक्सी पिएर ढलिरहेका भेटिने गरेकोले यस्तो निर्णय गरेको उनले बताए । उनले भने, ‘गाँउपालिकाले एक चोटी रक्सी बन्द गरे पनि लुकिछिपी कारोबार झन बढेकाले र पूर्ण रुपमा नियन्त्रण नभएपछि हामीले रक्सी कारोबार गर्न छोड्ने व्यापारीलाई अर्को व्यवसाय सञ्चालन गर्न पैसा दिने योजना अघि सारेका हौँ ।’

गाउँपालिकाले दिने १ लाख २० हजारले नास्ता पसल, मासु पसल गायत अन्य व्यवसाय सञ्चालन गर्न सकिने भएकाले यस्तो निर्णय गरेको उनले बताए ।

दोगडाकेदारमा गाउँपालिकामा अरु पसलभन्दा पनि रक्सी पसल बढी रहेको उनले बताए। गाउँपालिकाभित्र सञ्चालित अरु पसलहरु दर्ताबिना नै सञ्चालन छन् । रक्सी पसल भने दर्ता गरेर सञ्चालन भइरहेको अध्यक्ष कार्कीले जानकारी दिए । उज्यालो अनलाइन

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area