जोडिनुहोस
alt
  • होमपेज
  • चितवनमा खाद्यान्नको गुणस्तर मापनः अनुगमन हुन्छ,कारवाही हुँदैन

चितवनमा खाद्यान्नको गुणस्तर मापनः अनुगमन हुन्छ,कारवाही हुँदैन

चितवन,साउन १०-

खाद्य निरीक्षण तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा एक सय खाद्य वस्तुको नमुना परीक्षणको लागि खाद्य निरीक्षण प्रयोगशाला हेटौंडा पठाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा ६० पटक उद्योग र ४० पटक होटल तथा किराना व्यवसायहरुको गरिएको अनुगमनमा १० वटा उद्योग र ९ वटा होटल तथा किराना पसल बन्द गरेको थियो । तर, डिभिजन कार्यालय चितवनले एक जनालाई पनि मुद्दा भने दर्ता नगरेको डिभिजन कार्यालय प्रमुख बिक्की राउतले जानकारी दिए ।

यसअघि खाद्य तथा गुण नियन्त्रण कार्यालयको इकाइको रुपमा कार्यरत रहँदा ३० मुद्दा परेकोमा अहिले नयाँ खाद्य ऐन आए पछि मुद्दा दर्ता नभएको राउतले बताएका हुन् । अहिलेको ऐनमा उद्योगका लागि प्रष्ट नियम भए पनि होटल, किराना तथा अन्य साना व्यवसायको हकमा पहिलो पटकमा सुधार गर्ने मौका दिने प्रावधानका कारण मुद्दा दर्ता नभएको उनी बताउँछन् ।

आम सर्वसाधारणले देखावटीको रुपमा मात्र अनुगमन हुने आरोप लगाइरहने खाद्य तथा गुण नियन्त्रण कार्यालयको काम प्रति उपभोक्ता भने खुसी छैनन् । उपभोक्तालाई ठगेर वा झुक्काएर व्यापार गर्ने, उत्पादन गर्नेहरुलाई पक्राउ गरेपछि छोड्ने वा पटके भन्दै छोड्दा अन्य व्यवसायीहरुलाई अनियमितता गर्ने बल मिल्ने उपभोक्ता अधिकार मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष विष्णु भुसाल बताउँछन् । व्यवसाय गर्नेहरुलाई सुधार गर्न वा अनियमितता गर्नेलाई सही कार्य गर्न लगाउने काम खाद्य तथा गुण नियन्त्रण कार्यालयको हो ।

सानो गल्तीलाई कार्यालयले माफी दिने कार्यलाई सामान्यरुपमा माने पनि ठूला र जानीजानी गरिएका गल्तीहरुमा छुट दिँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिन्छ । यस कारण साना र ठूला गल्तीलाई छुटाएर अनुगमनलाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका