जोडिनुहोस
  • होमपेज
  • क्यान्सर अस्पताललाई लक्षित गर्दै अस्थाई बसपार्क संचालन

क्यान्सर अस्पताललाई लक्षित  गर्दै अस्थाई बसपार्क संचालन

चितवन,साउन ९-

चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई लक्षित गर्दै अस्थाई बसपार्क संचालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ को पहलमा अस्थाई बसपार्क संचालनमा ल्याइएको हो । १० बर्षका लागी ८ कठ्ठा जग्गा भाडामा लिएर नीजि क्षेत्रले बसपार्क संचालन गरेको भरतपुर महानगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेले जानकारी दिए ।

‘क्यान्सर अस्पताललाई लक्षित गर्दै बसपार्क संचालनमा ल्याएका हौं,उनले भने’,अस्पताल अगाडीको सडकमा हुने जाम बसपार्क संचालनपछि हटेको छ ।’क्यान्सर अस्पतालबाट काठमाडौं,पोखरा,विराटनगर,नेपालगन्ज लगाएतका प्रमुख शहरहरुमा दैनिक बस छुट्ने गरेको छ । बसपार्कमा बसहरु पार्किङ गर्न थालेपछि समस्या समाधान भएको काफ्लेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका