जोडिनुहोस

Banner

चितवन, साउन ८-

पूर्वीचितवनको रत्ननगरमा तीन दिने निःशुल्क दाँतको शिविर भएको छ ।

रत्ननगरका तीन लायन्स क्लबहरु लायन्स क्लब अफ रत्ननगर, लायन्स क्लब अफ रत्ननगर मिड र लायन्स क्लब अफ रत्ननगर पिसको संयुक्त आयोजनामा सो शिविर सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले सो शिविरको उद्घाटन गरेका थिए । सो अवसरमा दाँत रोग विशेषज्ञ डा अजय न्यौपानेले शिविरमा दिइने सुविधाहरुको बारेमा जानकारी दिएका थिए । रत्ननगर लायन्स क्लबका अध्यक्ष दिपक वास्तोलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल ३२५ बी २ अन्तर्गत एरिया ३ का एरिया चिफ प्रकाशचन्द्र भट्टराई, रिजन चियर पर्सन कृष्णलाल श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ रत्ननगर मिड नेपालका अध्यक्ष प्रकाश शर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम लायन्स क्लब अफ रत्ननगर मिड नेपालका संस्थापक अध्यक्ष सुरेशचन्द्र आचार्यले सञ्चालन गरेका थिए । बकुलहरमा सम्पन्न भएको शिविरमा साईराम डेन्टल क्लिनिकको प्राविधिक सहयोग रहेको थियोे । कार्यक्रममा डा. अजय न्यौपाने, डा सरु थापा, डा नविन थापा, डा प्रणव यादव, डा रल्ज लौडारी र डा विक्रम श्रेष्ठसहितको दन्तरोग विशेषज्ञहरुबाट ४०२ जना बिरामीहरुको दाँतको उपचारका साथै निःशुल्क औषधिसमेत उपलब्ध गराइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *