चितवन विशेष

नारायणगढमा र्‍यापर रक स्टारसहितको ‘फेशन र म्युजिकल शो’ हुने

Banner

चितवन, साउन ७–

चितवनको नारायणगढमा ‘समर फिष्ट रेन पार्टी’ सांगीतिक कार्यक्रम हुने भएको छ । ओम मंगलम् इभेन्ट्सको आयोजनामा हुने सांगीतिक कार्यक्रम दुई दिनसम्म चल्नेछ । १० गते भरतपुर–११ जागृति चोकमा रहेको धावन रिक्रियसन एण्ड पार्टी प्यालेसमा ‘ओपन फेशन शो’ हुनेछ । इभेन्ट्सका म्यानेजर प्रसिव सापकोटाले ‘फ्लोर’ मै मोडलहरुले आफ्नो प्रस्तुती देखाउने बताए । उनका अनुसार चितवनका १७ र काठमाण्डौका १३ जना मोडलहरु सहभागि हुनेछन् ।

यस्तै ११ गते क्याम्पाचौरमा दिउँसो ३ बजे म्युजिकल शो हुनेछ । सो कन्सर्टमा चर्चित ¥यापर आशिष राना ‘लाउरे’, समिर घिसिङ ‘भिटेन’ र रक गायिका अभया सुब्बाले माहोल तताउनेछन् । अभया एण्ड दी स्टीम ईन्जिन ब्याण्डले विशेष प्रस्तुती दिनेछ । शव्दार्थ ब्याण्डले समेत प्रस्तुती दिनेछ । डीजे पाल्डेन, डीजे योञ्जन, डीजे सनिसले सांगितिक वातावरण सृजना गर्नेछन् । मेटामफोसिस नेपालका सञ्चालक तथा डिजाइनर सन्तोष गुरुङले ‘फेशन शो’ का दिन ‘फायर हियर कट’ आकर्षणका रुपमा रहने बताए । ‘कपालमा आगो लगाएर रोमाञ्चक रुपले काटिने छ’ उनले भने, ‘चितवनमै पहिलो पटक यो प्रस्तुती हुन लागेको हो ।’

प्रवेशका लागि ३ सय, ५ सय र १ हजार रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । ५ सय र १ हजारको टिकट लिनेले दुवै दिन सहभागि हुन पाउनेछन् । कार्यक्रमको साउण्ड पार्टनरमा एसएसएस साउण्ड सिस्टम, फोटोग्राफी पार्टनरमा शुभ विडिङस् र स्टाइलिङ पार्टनरमा पपुलर युनिसेक्स स्यालोन रहेको छन् । यस्तै अनलाईन पार्टनमा नारायणी अनलाईन डटकम रहेको छ । शिल्ड संस्थाले आन्तरिक सुरक्षाको व्यवस्थापन गर्नेछ । ४ सय जनाले फेशन शो र म्युजिकल शो ३ हजार जनाले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area