चितवन विशेष

भारतको श्रीनगर पुर्‍याइएको एक महिलाको उद्धार

Banner

चितवन, साउन ७

कसैलाई कुनै जानकारी नदिई एक छोरीसहित भारतको श्रीनगर पुगेकी महिलाको माइती नेपाल चितवनले उद्धार गरेको छ ।

माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले जनाएअनुसार गोरखा पालुङटार निवासी ३२ वर्षिय महिला लक्ष्मी गैरे घरपरिवारलाई खबर नगरी एक छोरीसहित बेपत्ता भएकी थिइन् । सुदिप चेपाङको साथमा भारत गएको सूचनाका आधारमा उनलाई माइती नेपालले खोजी गर्दा भारतको श्रीनगरमा रहेको भन्ने खबर पाएपछि माइती नेपालकै पहलमा साउन ४ गते नेपाल फर्काइएको संयोजक गिरीले बताए । सुदिपकै भाइ अर्जुन चेपाङले बसपार्कसम्म छाड्न गएको भन्ने पत्ता लागेपछि अर्जुनलाई पक्राउ गरी सोधखोज गर्दा लक्ष्मीको बारेमा जानकारी भएको थियो ।

माइती नेपालले लक्ष्मीलाई परिवारको जिम्मा लगाएको छ । लक्ष्मीले भने घरमा झगडा भएको कारण कसैलाई कुनै जानकारी नदिई भारत पुगेको बताएको माइती नेपाल चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area