अर्थ

प्राईम लाईफद्धारा विमा रकम हस्तान्तरण

Banner

ज्ञानु पंगेनी

नवलपुर , साउन ६-

नवलपुरको कावासोती नगरपालिका पाँच निवासी स्वर्गीय मनोज सापकोटाको परिवारले विमा रकम हस्तान्तरण गरिएको छ ।

कावासोतीमा रहेको प्राइम लाईफ ईन्सुरेन्स कम्पनिले स्वर्गीय सापकोटाको घरमा सोमवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर ५ लाख २६ हजार रुपैया रकम हस्तान्तरण गरेको हो ।

कावासोती वडा नम्बर पाँचका वडा अध्यक्ष हरि बास्तोलाले उक्त रकम बराबरको चेक स्वर्गीय सापकोटाका वुवा मुक्ति प्रसाद सापकोटा र आमा दिल कुमारी सापकोटालाई हस्तान्तरण गरेका हुन ।

रकम हस्तान्तरमा बोल्दै अध्यक्ष बास्तोलाले मानिषले अन्य वस्तुहरुको विमा गरे पनि जिवन विमा गर्न भने अझै हिच्किच्याउने गरेको भन्दै मानिषको जिवन अमूल्य भएकाले जिवन विमा गर्न आवश्यक रहेकोमा जोड दिए । जिवन विमा गर्दा विभिन्न घटना दुर्घटनामा पर्दा औषधी उपचारका लागि पनि सहज हुने बताए ।

कार्यक्रममा वडा नम्बर पाँचकी वडा सदस्य सरस्वती परियार , प्राईम लाईफ ईन्सुरेन्स कम्पनि कावासोतीका ईन्चार्ज अनिल सुवेदी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा विमा कम्पनिका अभिकर्ता भएर स्वर्गीय सापकोटाको जिवन विमा गराएका मिन लामाले मनोज अहिले संसारमा नरहे पनि उनले जिवन विमा गर्नाले परिवारका लागि थोरै भए पनि आर्थिक रुपमा सहयोग भएको बताए । रकम निकाल्ने प्रकृयाले गर्दा केहि ढिला हुन पुगेको भए पनि विमा गरेपछि भईपरि आउने अप्ठेरोमा मदत पुग्ने हुदा जिवन विमा गर्नतर्फ सबै नागरिकले एक पटक सोच्नै पर्ने बताए ।

मनोजको गत वर्ष २१ वर्षको अल्पायुमै मृत्यु भएको थियो । उनी लर्डबुद्ध एकेडेमीमा अध्यापन गर्दथे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area