मध्य नेपाल

खाल्डोमा जमेको पानीमा डुबेर रौतहटमा दुई बालबालिकाको मृत्यु

Banner

रौतहट, साउन ४-

खाल्डोमा जमेको पानीमा डुबेर रौतहट र सर्लाहीमा गरी दुई जना बालबालिकाको मृत्यु भएको छ। देवाही गोनाही नगरपालिका ५ का निरुता कुमारी र पिन्की कुमारीको खाल्डोमा जमेको पानीमा डुब्दा शनिबार मृत्यु भएको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

गोठालो गएका उनीहरु गर्मी बढेपछि नुहाउन खोज्दा लालबकैया नदीको बाँधमा रहेको खाल्डोमा परेको अनुमान गरिएको छ। सर्लाहीको मलंगवा नगरपालिका १२ स्थित एक पोखरीमा डुबेर १२ वर्षिय पवन महतोको मृत्यु भएको छ। नुहाउन गएका महतोको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>