देश/प्रदेश

भोलि परिक्षा ,आज विज्ञापन खारेजीको माग गर्दै लोक सेवा कार्यालय अगाडि प्रदर्शन

Banner

काठमाडौँ ,साउन २-

स्थानीय तहको विज्ञापन खारेजी माग गर्दै लोक सेवा केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

लोकसेवाले गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको र ‘आरक्षण बचाउ ’ भन्दै लोक सेवा आयोगको अनामनगरस्थित केन्द्रीय कार्यालय अगाडि बिहीबार बिहान प्रदर्शन गरेका हुन् । लोकसेवा आयोगको परिक्षा हुनु भन्दा एक दिन अगाडी प्रदर्शन गरेका हुन् । आयोगले गत असारमा विभिन्न स्थानीय पदका लागि ९१३१ कर्मचारी माग गरेको थियो । प्रदर्शनकारीले गरेका उक्त प्रदर्शनका कारण केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । सवारी साधन आवागमनसमेत प्रभावित भएपछि प्रहरीले हस्तक्षेप गरेर प्रदर्शनकारीलाई हटाएको छ । अहिले भने अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

अहिलेको विज्ञापन खारेज गर्दै समावेशी, समानुपातिक सिद्धान्तका आधारमा पुनः विज्ञापन गर्नुपर्ने माग उनीहरूको छ । यही माग राखेर उनीहरू चरणवद्ध आन्दोलन गर्दै आएका छन् । सर्वोच्च अदालतले विज्ञापन खारेज गर्न नपर्ने फैसला गरेपछि लोक सेवा आयोग परीक्षा सञ्चालनको तयारीमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area