चितवन विशेष

चितवनका होटल व्यवसायी भन्छन्: छापा मार्दा प्रहरीले आचारसंहिता उल्लंघन गर्‍यो

Banner

निशा श्रेष्ठ

चितवन, साउन १-

होटल व्यवसायी चितवनले आफ्ना सेवाग्राहीलाई प्रहरीले धरपकट र दुव्र्यवहार गरेको भन्दै आपत्ति जनाएको छ ।

आज भरतपुरमा पत्रकार सम्मेलन गरेर गत असार ३० गते प्रहरीले होटल, लज तथा रेष्टुरेन्टको आचारसंहिता विरुद्ध गएर इन्ट्रीबुकमा नाता खुलाई बसेका आफ्ना सेवाग्राहीलाई जथाभावी रुपमा पक्राउ गरेको भन्दै ध्यानकर्षण गरेको हो । प्रहरीले क्लिन चितवनको नाममा अवैध रुपमा यौन क्रियाकलापमा संलग्न रहेको भन्दै भण्डारादेखि नारायणगढ हुँदै शिवघाटसम्म होटलमा छापा मारी ८५ जना सेवाग्राही तथा १२ जना होटल व्यावसायीलाई प्रक्राउ गरेको थियो ।

त्यस्तै संघको प्रेस विज्ञप्तिअनुसार नजिकिँदै गरेको भ्रमण वर्षलाई बदनाम हुने गरी सन्देश प्रवाह गरेको भन्दै आरोप लगाएको छ । त्यस्तै होटल व्यवसायी संघका संस्थापक अध्यक्ष सुवास प्रधानले होटल व्यवसाय भनेकोे यौन स्थापित गर्ने ठाउँ हो भन्दै यसलाई प्रहरीले निरुत्साहित गर्न खोजेका बताए । उनले अनुगमन शैली नभएको भन्दै मानव अधिकारको हनन भएको बताए । कार्यक्रममा अपराधिक क्रियाकलाप भएमा प्रहरीले छानबिन गर्न पाउने तर जर्बजस्ती रुपमा आफ्ना सेवाग्राही उठाउन नपाउने बताएका थिए । कार्यक्रममा उधोग वाणिज्य संघ चितवन, चितवन उधोग संघ , चेम्बर अफ कमर्स , क्षेत्रीय होटल संघ सौराहा , रेवान सौराह, रत्ननगर उधोग वाणिज्य संघको एक्यबद्धता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area